२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ प्रिमियर कपमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनल नजिक



अ+ अ-

काठमाडौं । जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ । यससँगै लगातार दोस्रो जित हात पारेको नेपाल सेमिफाईनल नजिक पुगेको छ ।

बराईनले दिएको ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । नेपालको लागि देव खनाल र अर्जुन कुमालले समान ३२ रन बनाए ।

यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाएर अल आउट भएको थियो। बहराइनलाई ७७ रनमा स्तब्ध पार्न नेपालका स्पिनर दीपेश कँडेलले घातक बलिङ गर्दै ६ विकेट लिएका थिए । दीपेशले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिएका थिए । यस्तै, तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिएका थिए ।

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाएका थिए । हाकिमबाहेक बहराइनका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाएका थिएनन् । बहराइनका चार खेलाडि शुन्य रनमा आउट भएका थिए ।

नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्ने छ । समूहको विजेता सेमिफाइनल पुग्नेछ ।