२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डविरुद्ध रहमानउल्लाह गुरबाजले अर्धशतक बनाएर कीर्तिमान राखे



अ+ अ-

एजेन्सी । अफगानिस्तानले विश्वकप २०२३ को १३ औं खेलमा साविक विजेता इंग्ल्याण्डको सामना गर्दैछ । दिल्लीमा भइरहेको यो खेलमा अफगानिस्तानका ब्याट्सम्यानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए ।

पहिलो पावरप्लेमा अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाज र इब्राहिम जद्रानले तीव्र गतिमा खेल्दै कीर्तिमानी रन बनाए ।

इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । अफगानिस्तानलाई गुर्बाज र जाद्रानले तीव्र सुरुवात दिलाए । दुवैले पहिलो पावरप्लेमा ७९ रन जोडे । यो विश्वकपमा अफगानिस्तानको पहिलो पावरप्ले उच्च स्कोर बन्यो । यसअघि सन् २०१९ को विश्वकपमा अफगानिस्तानले पहिलो पावरप्लेमा ६१ रन जोडेको थियो ।

यो विश्वकपमा अफगानिस्तानका लागि पहिलो ५०ं ओपनिङ पार्टनरशिप हो । यसबाहेक रहमानउल्लाह गुरबाजले ३३ बलमा अर्धशतक प्रहार गर्दै इतिहास रचे । गुरबाज विश्वकपमा ५० प्लस स्कोर गर्ने तेस्रो खेलाडी बने । रहमत शाह पहिलो स्थानमा छन् । जावेद दोस्रो नम्बरमा छन् ।

यति मात्र होइन, गुरबाज एकदिवसीय विश्वकपमा अफगानिस्तानका लागि सर्वाधिक रन बनाउने तेस्रो ब्याट्सम्यान बने । गुरबाजले आउट हुनुअघि ८० रनको इनिङ खेले । यो सूचीमा समिउल्लाहको नाम शीर्ष स्थानमा छ । समिउल्लाहले सन् २०१५ मा स्कटल्याण्डविरुद्ध ९६ रनको इनिङ खेलेका थिए ।