२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपबिनाको टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज खेल्ने टोली घोषणा



अ+ अ-

काठमाडौँ । नेपालमा आयोजना हुने टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज खेल्ने खेलाडीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।

यस स्क्वाडमा लेग स्पिनर सन्दीप लामिछाने समावेश छैनन् । केही दिन पहिले सन्दीपले आफ्नो नाम राष्ट्रिय टोलीबाट फिर्ता लिएको घोषणा गरेका थिए । यता, टोलीमा ललितनारायण राजवंशी फर्किएका छन् । उनी यसअघि घाइते थिए ।

नेपालले पहिलो खेल यूएईसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित यूएई र हङकङ समावेश छन् । सिरिज कात्तिक १ गतेदेखि कात्तिक १० गतेसम्म काठमाडौँमा सञ्चालन हुँदैछ ।

नेपालले पहिलो खेल कात्तिक १ मा यूएईसँग र कात्तिक २ गते हङकङसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

कात्तिक १० गते सिरिजको फाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनलबाहेक सम्पुर्ण खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । टी–ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारीस्वरुप त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।

नेपाली टोलीः रोहित पौडेल (कप्तान), आशिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, ललित राजवंशी, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा