२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान पौडेलको अर्धशतकमा नेपालले युएईलाई सात विकेटले हरायो



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिजअन्तर्गत्को पहिलो खेलमा नेपालले युएईलाई सात विकेटले पराजित गरेको छ । जितको लागि युएईले दिएको एक सय ४१ रनको मध्यम लक्ष्य नेपालले १८.५ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनले ४० बलमा ५ चौकाको सहयोगमा ५१ रन बनाए । यस्तै दिपेन्द्र सिह ऐरीले ३४ रन बनाए । ओपनर आसिफ शेख २७ बलमा २ चौका र एक छक्का हान्दै २३ रन बनाएर आउट हुँदा कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन बनाएर आउट भए ।

युएईका अली नासिर र निलान्श केश्वानीले एक एक विकेट लिए ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४० रन बनायो । युएईका लागि बासिल हामिदले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ३८ बलमा एक चौका र चार छक्कासहित ५१ रन बनाए ।

त्यस्तै अली नासिरले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा ३२ रन बनाए । कप्तान मोहम्मद वासिमले १७ रन बनाए भने आसिफ खानले १५ रन जोडे ।

नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए । यस्तै, गुल्सन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक एक विकेट लिए ।




भर्खरै