२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा भारतको लगातार चौंथो जित, कोहलीको अनौठो कीर्तिमान



अ+ अ-

एजेन्सी । भारतले विश्वकप २०२३ मा लगातार चौथो जित हात पारेको छ । बिहीबार भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । विराट कोहली (१०३ अविजित रन)ले आफ्नो ४८ औं ओडीआई शतक बनाए ।

उनले सबैभन्दा छिटो २६ हजार अन्तर्राष्ट्रिय रन पनि पूरा गरेका छन् । विराटले ५६७ इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् । कोहलीअघि सचिन तेन्दुलकरले ६०० इनिङ्समा २६ हजार रन बनाएका थिए ।

पुणेको एमसीए मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५६ रन बनाएको थियो । २५७ रनको लक्ष्य भारतीय ब्याट्सम्यानले ४१.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

कोहलीका अलावा शुभमन गिल (५३ रन)ले १०औं अर्धशतक बनाए भने कप्तान रोहित शर्माले ४८ रनको योगदान दिए ।

२५७ रनको लक्ष्य पछ्याउने क्रममा रोहित शर्मा र शुभमन गिलले ८८ रनको ओपनिङ साझेदारी गरे । रोहितले अर्धशतक गुमाए । उनले ४८ रन बनाए । हसनको बलमा पुल शट प्रहार गर्ने प्रयास गर्दा रोहितलाई बाउन्ड्रीमा हार्डोयले क्याच आउट पारे ।

शुभमन गिलले विश्वकपमा आफ्नो पहिलो अर्धशतक प्रहार गरेका थिए । उनी ५३ रन बनाएर मेहन्दी हसन मिराजको बलमा क्याच आउट भए ।

पुणेस्थित एमसीए मैदानमा बंगलादेशले टस जितेर ब्याटिङ रोजेको थियो । बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५६ रन बनाएको थियो । ओपनर तान्जिद हसन तमिम र लिटन दासबीच ९३ रनको साझेदारी भयो । तान्जिदले विश्वकपमा आफ्नो पहिलो अर्धशतक बनाएका थिए । उनी ५१ रन बनाएर आउट भए ।

लिटन दासले आफ्नो १२ औं ओडीआई अर्धशतक प्रहार गरे, उनी ६६ रन बनाएर आउट भए । शान्तो (८ रन), मिराज (३ रन) र तौहीद हृदयोय (१६ रन) सुरुमै आउट भए । मुस्फिकुर रहिम (३८ रन) र महमुदुल्लाह (४६ रन)बीच ४२ रनको साझेदारी भयो । मुस्फिकुरलाई बुमराहले आउट गरेका थिए । ब्याकवर्ड पोइन्टमा डाइभ गर्दै जडेजाले क्याच लिए । त्यसपछि महमुदुल्लाहले नसुम अहमदसँग ३२ रनको साझेदारी गरे ।

खेलका क्रममा हार्दिक पाण्ड्या घाइते भएका थिए । उनको स्थानमा विराट कोहली बलिङ गर्न आएका थिए । उनले ३ बलमा २ रन दिए । कोहलीले ६ वर्षपछि ओडीआईमा बलिङ गरेका छन् । उनले अन्तिम पटक सन् २०१७ मा श्रीलंकाविरुद्धको एकदिवसीयमा बलिङ गरेका थिए ।

बंगलादेशलाई ७ विकेटले हराएपनि भारत अंक तालिकाको दोस्रो स्थानमा छ । उता बंगलादेश सातौं नम्बरमा छ । भारतीय टोलीको ४ खेलपछि ८ अंक छ भने बंगलादेशले २ अंक मात्र जोड्न सकेको छ । न्युजिल्यान्डको नेट रन रेट भारतभन्दा राम्रो भएकाले न्युजिल्यान्ड ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।




भर्खरै