२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलबारी गोल्डकपः फाइनलमा बिर्तामोड र ब्रिग्रेडब्याइज काठमाडौँ भिड्ने



अ+ अ-

सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनल उपाधिका लागि आज बिर्तामोड युनाइटेड र बिग्रेडब्वाइज क्लब काठमाडौँ मैदानमा भिड्ने भएका छन् ।

शुक्रबार भएको अन्तिम सेमिफाइनलमा सहलेस युथ क्लब सिरहालाई सडनडेथमा पराजित गर्दै झापा फाइनलमा प्रवेश गर्न सफल भएको हो । यसअघि आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै बिग्रेडब्वाइज क्लब काठमाडौँ फाइनल प्रवेश गरेको छ । आज झापा र काठमाडौँ मैदानमा भिड्दै स्वर्णकपको उपाधि हात पार्ने सुरमा छन् ।

बेलबारी गोल्डकपमा गत वर्ष सशस्त्र प्रहरी बल एपिएफ काठमाडौँ विजेता तथा राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियो । प्रतियोगिताका विजेताले रु आठ लाख नगद तथा उपविजेताले रु पाँच लाख नगद र ट्रफी हात पर्ने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए ।

दिउँसो सुरु हुने फाइनल खेलमा प्रमुख अतिथिका रूपमा सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको उपस्थिति रहने तयारी भएको गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिए । “आर्थिक मन्दीको सामना गर्दै चाडपर्वको समयमा स्वास्थ्य र खेलकुदप्रतिको महत्व बढाउन गोल्डकपलाई निरन्तरता दिएका छौँ”, प्रवक्ता बस्नेतले भने, “युवाले लागुपदार्थ दुव्यर्सनबाट टाढा रहेर सामाजिक काम गर्नुपर्छ भन्ने सन्देश तथा जनचेतना प्रवाह गर्न पनि प्रतियोगिता सफल हुँदै गएको छ ।”

प्रतियोगिताको विभिन्न चरणमा नेपाल र भारतका गरी आठवटा टिम सहभागी भएका थिए । गोल्डकपका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहेको छ ।




भर्खरै