२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल र दीपेन्द्रको अर्धशतकमा नेपालले हङकङलाई दियो २ सय १४ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपालले त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीमा हङकङसामु २ सय १४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन जोड्यो । पाँचौ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रले १ सय ४५ रनको साझेदारी गर्दै बलियो योगफलसम्म पुर्याएपछि नेपालले बलियो लक्ष्य दिएको हो ।

कुशलले आफ्नो करिअरको दोस्रो अर्धशतक बनाउने क्रममा ९ छक्का सहित ९२ रनको आक्रामक इनिङ खेले । ४१ बलको सामना गरेका उनले ३ चौका समेत प्रहार गरे ।

यता, दीपेन्द्रले सातौं अर्धशतक बनाउने क्रममा ५७ रनको इनिङ खेले । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

हङकङका लागि मोहमद घजन्फ़रले २ विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले १-१ सफलता हात पारे ।