२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिग: टुलोजको गोलपोस्टमा लिभरपुलको पाँच गोल



अ+ अ-

युरोपा लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा इङलिस क्लब लिभरपुलले फ्रान्सेली क्लब टुलोजलाई गृह मैदान एन्फिल्डमा ५–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै लिभरपुल समूह ई बाट नकआउट चरणमा प्रवेश गरेको छ ।

लिभरपुलका लागि डिएगो जोटा, वातारु इन्डो, डार्विन नुनेजले पहिलो हाफको ९, ३० र ३४ औं मिनेटमा गोल गरेर टुलोजमाथि दबाब बनाएका थिए । त्यस्तै रायन ग्रिबेनबर्चले ६५औं तथा मोहम्मद सलाहले ९३औं मिनेटमा गोल गरेर टिमको स्कोर ५ गोल बनाएका थिए ।

टुलोजका लागि एकमात्र गोल १६ औं मिनेटमा थिज डालिङ्गाले गरेका थिए ।

समूह ई मा तीन खेल खेलेको लिभरपुलले तीन वटै खेल जितेर ९ अंक सहित पहिलो स्थानमा छ ।

यस समूहमा दोस्रो स्थानमा युनियन सेन्ट जिलोज र टुलोजको समान चार चार अंक छ । दोस्रो स्थानमा रहेको जिलोज भने प्लेअफका लागि छनौट भएको छ । एजेन्सी




भर्खरै