२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले जिते कीर्तिमानी आठौं पटक बालोन डी’ओर अवार्ड



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीले फुटबलको सर्वाधिक प्रतिष्ठित अवार्ड बालोन डी’ओरको अवार्ड जितेका छन् ।

फ्रान्सको पेरिसमा सम्पन्न अवार्ड समारोहमा मेसीलाई अवार्ड प्रदान गरिएको हो । ३६ वर्षीय मेसीले कीर्तिमानी आठौं पटक अवार्ड जित्न सफल रहे । मेसीकै कप्तानीमा तथा सानदार प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप जितेको थियो ।

हाल अमेरिकन क्लब इन्टर मियमीमा आवद्ध रहेका मेसीले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा यो अवार्ड जितेका थिए ।

यस्तै, स्पेनिस फुटबलर अइटाना बोनमाटीले महिलातर्फको बालोन डी’ओर अवार्ड हात पारिन् । स्पेनलाई महिला विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी २५ वर्षीया बोनमाटी विश्वकपकै उत्कृष्ट खेलाडी समेत बनेकी थिइन् ।




भर्खरै