२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको विष्फोटक ब्याटिङमा नेपालको लगातार दोस्रो जित, मलेसियालाई ६ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो ।

१६६ रनको लक्ष्य पछ्याएको नेपालले विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ६५ रन जोडे । ३४ बल खेलेका उनले ७ छक्का र २ चौका प्रहार गरे ।

यस्तै, कुशल भुर्तेलले २५ बलमा ४३ रनको योगदान दिए भने आशिफ शेखले २३ बलमा ३२ रन जोडे । साथै, सन्दीप जोरा १५ बलमा १७ रनसहित अविजित रहे । बलिङतर्फ मलेसियाका लागि मुहम्मद आमिरले तीन विकेट लिँदा पवनदीप सिंहले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन जोड्यो । उसका लागि सायद अजिजले सर्वाधिक ६८ रन बनाए । ४९ बल खेलेका उनले ८ चौका र २ छक्का हिर्काए ।

यस्तै, जुवाईदी जुलकिफ्लेले १६ बलमा २४ रन, सार्भिन मुनीयान्दीले १२ बलमा १३ रन तथा विजय उन्नी १३ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका लागि अभिनास बोहराले चार विकेट लिँदा सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले एक–एक विकेट लिए ।

लगातार दोस्रो जितसँगै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ । नेपालले यसअघि सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो ।




भर्खरै