२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरेबियाले २०३४ को फिफा विश्वकप आयोजना गर्ने पक्का



अ+ अ-

एजेन्सी । साउदी अरेबियाले सन् २०३४ को पुरुष विश्वकप फुटबल प्रतियोगिता गर्ने पक्का भएको छ । अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्न प्रस्ताव नगर्ने निर्णय गरेपछि साउदी अरेबियाले २०३४ को पुरुष विश्वकप फुटबल आयोजना गर्ने पक्का भएको बीबीसीले जनाएको छ ।

आयोजकको दाबी पेस गर्ने समय चार घण्टाभन्दा कम रहेको अवस्थामा फुटबल अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्ने प्रस्ताव नगर्ने निर्णय गरेको हो । यसर्थ सन् २०३४ को विश्वकप आयोजकको दाबी गर्ने साउदी अरेबिया मात्रै एक्लो देश बनेको छ ।

सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ । मोरक्को, पोर्चुगल र स्पेनले सन् २०३० को विश्वकपको आयोजना गर्नेछन् जसमा केही खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछ ।

फिफाले सन् २०३४ को विश्वकप एसिया वा ओसिनियामा हुने बताएको थियो र अस्ट्रेलियाको बोलीलाई साउदी अरेबियाको एक मात्र सम्भावित चुनौतीको रूपमा मानिएको थियो । तर उसले आयोजनाको प्रस्ताव नै नगरेपछि साउदीमै विश्वकप हुने पक्का भएको हो ।

यद्यपि, महिला अधिकार हनन, समलैङ्गिकताको अपराधीकरण, अभिव्यक्ति स्वतन्त्रताको प्रतिबन्ध लगायतका कारण अमेरिका र युरोपेली देशले साउदी अरेबियालाई आयोजनाको अधिकार दिने निर्णय सोचनीय रहेको बताइसकेका छन् ।




भर्खरै