२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा श्रीलंकाको शर्मनाक हार, भारतसँग ३०२ रनले पराजित



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत बिहीबार मुम्बईस्थित वान्खडे रंगशालामा भएको खेलमा श्रीलंकाको शर्मनाक हार भएको छ । भारतले प्रस्तुत गरेको ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ५५ रनमै समेटिएको थियो ।

यो नतिजासँगै श्रीलंका विश्वकपको अर्को चरणमा प्रवेश गर्ने आशा समाप्त भएको छ भने भारत सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । भारतले प्रतियोगितामा अपराजित रहँदै ७ खेलबाट १४ अंक बटुलेको छ । दोस्रो स्थानको दक्षिण अफ्रिकाको ७ खेलबाट १२ अंक छ ।

श्रीलंकालाई सस्तो स्कोरमा धराशायी बनाउन भारतका तीन तिब्र गतिका बलरहरु जसप्रित बुमराह, मोहम्मद सिराज र मोहम्मद शामीले महत्वपूर्ण योगदान गरेका थिए । बुमराहले १ विकेट लिएका थिए भने मोहम्मद सिराजले ३ र मोहम्मद शामीले ५ विकेट लिएका थिए । साथै रबिन्द्र जडेजाले १ विकेट लिए ।

मोहम्मद शामीले १८ रन दिएर ५ विकेट लिएका थिए ।

यसअघि श्रीलंकाले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । भारतका लागि शुभमन गिलले ९२, विराट कोहलीले ८८, श्रेयस ऐयरले ८२ तथा रबिन्द्र जडेजाले ३५ रनको महत्वपूर्ण योगदान गरेका थिए ।

भारतले ८ विकेट गुमाएर ३५७ रनको विशाल स्कोर खडा गरेको थियो । श्रीलंकाली बलर दिल्सान मदुसन्काले ५ विकेट लिएका थिए ।

३५८ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले १२, कसुन रजिथाले १४ तथा महीश थिक्सानाले १२ रन बनाएका थिए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । श्रीलंकाका पाँच खेलाडी शून्य रनमै पवेलियन फर्केका थिए भने दुई खेलाडीले एकएक रन बनाएका थिए ।




भर्खरै