२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र यूएईबीचको क्रिकेट खेलको सबै अनलाइन टिकट ‘सोल्डआउट’



अ+ अ-

काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल अन्तर्गत आज हुने नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेलका लागि निर्धारित सबै टिकट बिक्री भएको छ ।

मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि हुने खेलका लागि जम्मा ३५ सय संख्यामा अनलाइन टिकेट उपलब्ध गराइएको थियो । यसका लागि आइएमई पे वालेटबाट अनलाइन टिकट खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र यूएईबीचको खेलका लागि सबै टिकेट बिक्री भएको जानकारी दिएको छ ।

क्यानले मैदानमा टिकट बुथ नहुने र सीमित संख्यामा मात्र अनलाइन टिकट उपलब्ध गराइएको जनाएको छ ।

नेपालको लक्ष्य युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने रहेको छ । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।