२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा पराजित भएपछि श्रीलङ्का क्रिकेट बोर्ड बर्खास्त



अ+ अ-

कोलम्बो । विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गर्नुभएको छ । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ ।

श्रीलङ्काको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको खेलमन्त्रीको कार्यालयले जनाएको छ ।

कोलम्बोमा मन्त्री रणसिङ्घले भन्नुभयो, “पूर्वकप्तान रणतुङ्गा क्रिकेटलाई पुनरजीवन दिन सबैभन्दा उपयुक्त व्यक्ति हुनुहुन्थ्यो, टिमलाई राम्रो प्रदर्शन गराउनु प्राथमिकता हो ।” उहाँले भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यी प्यानलमा तीन जना न्यायाधीशलाई समावेश गरिएको जानकारी दिनुभयो ।

रणतुङ्गाले क्रिकेट पुनरनिर्माणको चुनौती स्वीकार गरेको बताउनुभयो । “श्रीलङ्का क्रिकेटलाई देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ, म त्यो छवि परिवर्तन गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डि सिल्भाले पदबाट राजीनामा दिएको एक दिनपछि बोर्डलाई बर्खास्त गरिएको हो ।

गत साता विश्वकपमा आयोजक भारतसँग श्रीलङ्काको तीन सय दुई रनको हारपछि मन्त्री रणसिङ्घेले सार्वजनिकरूपमा सम्पूर्ण बोर्डको राजीनामा माग्नुभएका थियो । मुम्बईमा भारतको तीन सय ५८ रनको स्कोरलाई पछ्याउँदा श्रीलङ्का एक समयमा १४–६ को स्थितिमा थियो र ५५ रनमा अलआउट भयो । यो विश्व कपको इतिहासमा चौथो सबैभन्दा कम स्कोर हो ।

उक्त हारपछि सार्वजनिक आक्रोश बढ्यो र शनिबार आक्रोशित विरोध प्रदर्शन भएपछि कोलम्बोमा बोर्डको कार्यालयबाहिर प्रहरी परिचालन गरिएको थियो ।

मन्त्री रणसिङ्घेले श्रीलङ्का क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताउनुभयो । उहाँले बोर्डमाथि ‘देशद्रोही र भ्रष्ट’ भएको आरोप लगाउँदै भन्नुभयो, “तिनीहरूले स्वेच्छिक राजीनामा दिनुपर्छ ।”

श्रीलङ्काले सोमबार बङ्गलादेशसँग खेल्दैछ । विश्वकपको अन्तिम चारमा आफ्नो स्थान बनाउन उसलाई गणितीय चमत्कारको आवश्यकता छ ।