२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजका स्टार अलराउन्डर सुनिल नारायणले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



अ+ अ-

एजेन्सी । वेस्ट इन्डिजका अलराउन्डर सुनिल नारायणले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् ।

सुनिलले लामो समयदेखि वेस्ट इन्डिजको राष्ट्रिय टोलीमा खेल्ने मौका पाएका थिएनन् । उनले अन्तिम पटक अगस्ट २०१९ मा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

३५ वर्षिय खेलाडीले विश्वभर फ्रेन्चाइजी क्रिकेट खेल्न जारी राख्ने पनि पुष्टि गरेका छन् । यसको मतलब उनी इन्डियन प्रिमियर लिग (आईपीएल)मा देखिनेछन् ।

सुनीलले आफ्नो पहिलो ओडीआई सन् २०११ मा भारतविरुद्ध खेलेका थिए । उनले सन् २०१२ मा इङ्ल्यान्डविरुद्ध टेस्ट डेब्यू गरेका थिए । सन् २०१२ मा नै अस्ट्रेलियाविरुद्ध टी–२० डेब्यू गरेका थिए । उनले ६ टेस्टमा २१ विकेट लिएका थिए ।

सन् २०१२ मा टेस्ट डेब्यू गरेपछि उनले यस ढाँचामा आफ्नो अन्तिम खेल २०१३ मा खेलेका थिए । सन् २०१२ मा वेस्ट इन्डिजलाई टी–२० विश्वकप जिताउन नारायणले महत्वपूर्ण भूमिका खेलेका थिए ।