२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इब्राहिमको कीर्तिमानी शतकमा अफगानिस्तानले अस्ट्रेलियालाई दियो २९२ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । भारतमा जारी एकविदसीय विश्वकप अन्तर्गत अफगानिस्तानले अष्ट्रेलियालाई २९२ रनको लक्ष्य दिएको छ । मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनायो ।

अफगानिस्तानका लागि ओपनर इब्राहिम जाद्रान (१२९ रन)ले शतकीय पारी खेले । उनले विश्वकपको पहिलो शतक र एकदिवसीय करियरको चौथो शतक बनाए । उनी विश्वकपमा शतक प्रहार गर्ने पहिलो अफगानी ब्याट्सम्यान बनेका छन् ।

अन्तिममा राशिद खानले १९४.४४ को स्ट्राइक रेटमा १८ बलमा ३५ रनको इनिङ खेले । उनले जाद्रानसँग २८ बलमा अविजित ५८ रन जोडे ।

अष्ट्रेलियाका जोस हेजलउडले २ विकेट लिए । मिचेल स्टार्क, ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक–एक विकेट लिए ।




भर्खरै