२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय विश्वकपमा ट्रेन्ट बोल्टले रचे इतिहास



अ+ अ-

एजेन्सी । न्यूजिल्याण्डका स्टार फास्ट बलर ट्रेन्ट बोल्टले एकदिवसीय विश्वकप २०२३ मा इतिहास रचेका छन् ।

बिहीबार बेंगलुरुको चिन्नास्वामी स्टेडियममा श्रीलंकाविरुद्ध ५० विकेट पूरा गर्दै उनले उत्कृष्ट कीर्तिमानी बनाएका हुन् । योसँगै एकदिवसीय विश्वकपमा ट्रेन्ट बोल्ट ५० विकेट पूरा गर्ने न्यूजिल्याण्डका पहिलो फास्ट बलर बनेका छन् ।

साथै, ट्रेन्ट बोल्ट विश्व क्रिकेटका उत्कृष्ट बलरको सूचीमा परेका छन् । उनी एकदिवसीय विश्वकपको इतिहासमा ५० विकेट लिने छैटौं बलर बनेका छन् ।

एकदिवसीय विश्वकपमा सर्वाधिक विकेट लिने बलर

१. ग्लेन म्याकग्रा (अष्ट्रेलिया)– ७१

२. मुथैया मुरलीधरन (श्रीलंका)– ६८

३. मिचेल स्टार्क (अष्ट्रेलिया)–५९

४. लसिथ मालिंगा (श्रीलंका)– ५६

५. वसीम अकरम (पाकिस्तान) – ५५

६.ट्रेन्ट बोल्ट (न्यूजिल्याण्ड) – ५०

अन्तर्राष्ट्रिय क्रिकेटमा ६०० विकेट पनि पूरा गरे

ट्रेन्ट बोल्टले अन्तर्राष्ट्रिय क्रिकेटमा ६०० विकेट पनि पूरा गरेका छन् । बोल्ट अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डबाट ६०० विकेट पूरा गर्ने तेस्रो बलर बनेका हुन्।

ट्रेन्ट बोल्ट भन्दा पहिले डेनियल भेटोरी र टिम साउदीले न्युजिल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा ६०० विकेटको अंक पार गरेका छन् । टिम साउथीले अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ७३१ विकेट लिएका छन् भने ड्यानियल भिटोरीले ७०५ विकेट लिएका थिए । ट्रेन्ट बोल्टले अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ६०१ विकेट लिएका छन् ।