२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान सेमिफाइनलमा पुग्ने उपाए बताउँदै वसिमले भने – इङ्ल्यान्डलाई ड्रेसिङ रुममा थुन्देउ



अ+ अ-

एजेन्सी । पाकिस्तानका पूर्व क्रिकेटर वसिम अकरमले सेमिफाइनल खेल्ने टोलीका लागि नयाँ सूत्र भनेका छन् । ‘ए स्पोर्ट्स’ च्यानलसँग कुरा गर्दै अक्रमले व्यंग्य गर्दै भने, ‘पहिले ब्याटिङ गर्दै राम्रो स्कोर गरे पाकिस्तानले सेमिफाइनलमा पुग्न सक्छ र त्यसपछि इङ्ल्यान्डको सम्पूर्ण टोलीलाई २० मिनेटसम्म ड्रेसिङ रुममा थुनिदिनुपर्छ ताकि टाइम आउट होउस् ।’

अकरमले नोभेम्बर ६ मा श्रीलंकाका एन्जेलो म्याथ्युजसँगको टाइमआउटको घटनालाई सम्झँदै यस्तो भनेका हुन् । बंगलादेश र श्रीलंकाबीच नोभेम्बर ६ मा दिल्लीमा भएको विश्वकपको खेल इतिहासको पानामा एउटा विशेष घटनाका लागि लेखिएको छ ।

श्रीलंकाको इनिङ्समा एन्जेलो म्याथ्युजलाई टाइम आउट दिइएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याट्सम्यान टाइमआउट भएको यो पहिलो पटक हो ।

श्रीलंकाको चौथो विकेट खसेपछि म्याथ्युज ब्याटिङमा आए तर उनले स्ट्राइक लिन २ मिनेटभन्दा बढी समय लिए । यसैबीच बंगलादेशका कप्तान शकिब अल हसनले टाइम आउटका लागि अपिल गरेपछि अम्पायरले म्याथ्युजलाई आउट घोषणा गरेका थिए ।

पाकिस्तान र इङ्ल्यान्डबीचको यो खेल नोभेम्बर ११ मा अर्थात् भोलि कोलकाताको इडेन गार्डेनमा हुँदैछ । बिहीबार श्रीलंकालाई ५ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले विश्वकप २०२३ को सेमिफाइनलको दौडबाट अफगानिस्तान र पाकिस्तान दुवैलाई लगभग बाहिर गरिसकेको छ ।

श्रीलंकाविरुद्धको खेलमा जितपछि न्युजिल्यान्डको नेट रन रेट ०.७४३ पुगेको छ । पाकिस्तानको नेट रन रेट हाल ०.०३६ छ । पाकिस्तानले सेमिफाइनलमा पुग्ने हो भने इङ्ल्यान्डलाई लगभग असम्भव अन्तरले हराउनुपर्छ ।

पहिलो – पाकिस्तानले पहिले ब्याटिङ गरेमा २८७ रनले जित्नुपर्नेछ । त्यसपछि उसको पनि १० अंक हुनेछ र नेट रन रेट न्यूजिल्याण्ड भन्दा राम्रो हुनेछ । एकदिवसीय इतिहासमा पाकिस्तानको अहिलेसम्मकै सबैभन्दा ठूलो जित २५५ रनको छ ।

दोस्रो – यदि पाकिस्तानले लक्ष्य पछ्याउने हो भने २७८ देखि २८४ बल बाँकी रहँदै लक्ष्य पछ्याउनु पर्नेछ । अर्थात् लक्ष्य अनुसार उसले १६ देखि २२ बल भित्र खेल जित्नुपर्नेछ । आजसम्म विश्वको कुनै पनि टोलीले एकदिवसीय क्रिकेटमा यति थोरै बलमा लक्ष्य हासिल गर्न सकेको छैन ।