२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व कप्तानको आरोपः जय शाहले चलाइरहेका छन् श्रीलंका क्रिकेट बोर्ड



अ+ अ-

एजेन्सी । श्रीलंकाली क्रिकेट टोलीका पूर्व कप्तान अर्जुन रणतुङ्गाले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहमाथि गम्भीर आरोप लगाएका छन् ।

रणतुङ्गाले श्रीलंका क्रिकेट बोर्डका पदाधिकारीहरूमा जय शाहको प्रभाव रहेको बताए । उनीहरुको मिलेमतोले नै श्रीलंकाको क्रिकेट खराब अवस्थामा पुगेको उनको आरोप छ ।

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंका ९ लिग खेलमध्ये ७ खेलमा हार बेहोरेर १० टोलीमध्ये ९ औँ स्थानमा रह्यो । श्रीलंका सेमिफाइनल पुग्नबाट चुक्यो र सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफीका लागि पनि छनोट हुन असफल भयो ।

सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताउने कप्तानले भने– श्रीलंका क्रिकेट जय शाहले चलाइरहेका छन् । जय शाहको दबाबले हाम्रो क्रिकेट बोर्ड धरासायी हुँदैछ । एक भारतीयले श्रीलंकाको क्रिकेटलाई ध्वस्त पार्दै छन् ।

विश्वकपमा श्रीलंकाको खराब प्रदर्शनपछि खेलकुदमन्त्री रोशन रणसिङ्घेले नोभेम्बर ६ मा श्रीलंका क्रिकेट बोर्डलाई बर्खास्त गरेका थिए । अन्तरिम बोर्ड पनि गठन भएको थियो । नयाँ अन्तरिम बोर्डको अध्यक्षमा अर्जुन रणतुङ्गा नियुक्त भए ।

खेलकुद मन्त्रीको आदेशपछि श्रीलंका क्रिकेट बोर्डले अदालत जानुपरेको थियो । बोर्डको पुनरावेदनमा अदालतले खेलकुद मन्त्रीको देशको क्रिकेट बोर्ड बर्खास्त गर्ने निर्णय खारेज गर्यो । अर्थात् रणतुङ्गा अन्तरिम अध्यक्ष बन्न सकेनन् ।

आईसीसीले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गर्यो
श्रीलंका क्रिकेट बोर्ड (एसएलसी)लाई शुक्रबार (नोभेम्बर १०) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले निलम्बन गरेको छ । बोर्डमा सरकारको हस्तक्षेपपछि आईसीसीले तत्काल प्रभावबाट उसको सदस्यता खोस्यो ।