२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप जित्न अष्ट्रेलियालाई २४१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी फाइनल खेलमा टस जितेर पछिले ब्याटिङ थालेको भारतले ५० ओभरमा १० विकेटको क्षतिमा २४० रन जोड्यो ।

भारतका लागि केएल राहुलले १०७ बलमा ६६, विराट कोहलीले ६३ बलमा ५४, रोहित शर्माले ३१ बलमा ४७, सूर्यकुमार यादवले २८ बलमा १८ रन तथा कुलदीप यादवले १८ बलमा १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन, जोस हेजलवुड र प्याट कमिन्सले दुई–दुई विकेट लिए भने ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक–एक सफलता हात पारे ।