२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमाद अर्ना कप फुटलब प्रतियोगितामा आज दुई खेल



अ+ अ-

तनहुँ । तनहुँको भिमादमा बिहीबारदेखि सुरु भिमाद अर्ना कप फुटबल प्रतियोगितामा आज शुक्रबार दुई खेल हुँदैछन् । भिमाद युवा क्लबको आयोजनामा हरिबोधनी एकादशीको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता अन्तर्गत आज पहिलो खेल डेढगाउँ फुटबल क्लब र युथ क्लब भिमाद (निलो)बीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । यस्तै, आज दिउँसो १ बजे सङ्गम फुटबल क्लब र ज्योतिपुञ्ज क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । शुक्लागण्डकी युवा क्लब, नेपाल युनाइटेड युके, सङ्गम फुटबल क्लब, ज्योतिपुञ्ज युवा क्लब, युवा क्लब भिमाद, दिगो युवा क्लब भोटेपानी, डेडगाउँ फुटबल क्लब, युवा क्लब भिमाद (निलो), तनहुँ एघार, ढुकुरपोखरी युवा सञ्जाल, देवदह ब्वाइज रुपन्देही र एलजी एशोसिएसनले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले रु दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले रु एक लाख एक हजार एक सय ११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई रु १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फर्वाड र डिफेन्डरलाई रु पाँच–पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

भिमाद नगर उद्योग वाणिज्य सङ्घको सहआयोजना र भिमाद नगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता आयोजना गरिएको हो । यसैबीच बिहीबार सम्पन्न उद्घाटन खेलमा शुक्लागण्डकी युवा क्लबले नेपाल युनाइटेड युकेलाई २–१ गोल अन्तरले पराजित गर्यो । जितसँगै शुक्लागण्डकीले क्वाटरफाईलनमा स्थान बनाएको छ ।