२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्लिज कराते अर्गानाइजेसनद्वारा खेलाडी सम्मानित



अ+ अ-

काठमाडौँ । १९औं एशियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङसहित अन्तर्राष्ट्रिय पदक विजेता नेपालका कराते खेलाडी सम्मानित भएका छन् ।

ग्लोवल नेप्लिज कराते अर्गानाइजेसनले भक्तपुरको सल्लाघारीमा शुक्रबार कार्यक्रम आयोजना गर्दै एशियाली खेलकुदमा पदकविजेता एरिका र विश्व सितोरियो कराते च्याम्पियनसिपमा पदकविजेतालाई सम्मान गरेको हो । दुर्गम क्षेत्रमा रहेका कराते खेलाडीलाई खेलसामाग्री सहयोग गर्दै आएको ग्लोवल नेप्लिज कराते अर्गानाइजेसनले पदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सम्मान गरेको जनाएको छ ।

एरिकाले गत असोजमा चीनको हाङ्चाओमा सम्पन्न एशियाली खेलकुदमा कुमुतेतर्पm महिला ६८ केजी तौलसमूहमा रजत पदक जितेकी थिइन् । फाइनलमा भने कजाखस्तानकी सोफिया बेरुल्त्सेभाससँग पराजित भएपछि उनी एशियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी बन्नबाट भने चुकिन् । गत दशौं विश्व सितोरियो विश्व च्याम्पियनसिपमा भने नेपालले एक स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जितेको थियो । सो च्याम्पियनसिपमा एरिकाले स्वर्ण जित्दा विप्लभलाल श्रेष्ठ, मोहम्मद सेखु आलम, निरुपा तामाङले रजत पदक जितेका थिए ।

त्यस्तै आशिष थापा, सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, पुष्पका लामा, एलिसा राजकोटी मगर र सानुमाया थिङले कांस्य पदक दिलाएका थिए । एसियाली खेलकुद र विश्व च्याम्पियनसिपमा पदकविजेता खेलाडीलाई आठौं सागका स्वर्ण विजेतासमेत रहेका सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा रहेको ग्लोवल नेप्लिज कराते अर्गानाइजेसनले सम्मान गरेको हो । ग्लोबल नेप्लिज कराते अर्गानाइजेसनले एरिकालाई ३० हजार, रजत विजेतालाई १५ हजार र कांस्य विजेतालाई १० हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गर्‍यो ।

वागमती प्रदेश सभाका सदस्य मिनकृष्ण महर्जन, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र नेपालमा करातेका संस्थापक थानेश्वर राईलगायतले खेलाडीलाई सम्मान गरेका थिए । सो अवसरमा करातेका प्रमुख प्रशिक्षक तुल्सी महर्जन, प्रशिक्षक कुशल श्रेष्ठ, छोरिमैया डंगोल, वीरकृष्ण शाही र टिम व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि सम्मान गरिएको थियो । ग्लोबल नेप्लिज कराते अर्गानाइजेसनलले यसअघि कर्णाली प्रदेशमा सुर्खेतका डोजोमा ५० हजार बराबरको करातेका सामग्री प्रदान गरेको थियो ।