२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिकन्दर रजाले रुवाण्डाविरुद्ध ह्याट्रिक लिएर इतिहास रचे



अ+ अ-

एजेन्सी । सिकन्दर रजा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने पहिलो जिम्बाब्वेली पुरुष क्रिकेटर बने ।

३७ वर्षीय रजाले आइसीसी पुरुष टी–२० विश्वकप अफ्रिका क्षेत्र छनोट २०२३ मा रुवाण्डाविरुद्ध ह्याट्रिक लिएर सोमबार इतिहास रचेका छन् । यो खेल विन्डहोकको वान्डरर्स क्रिकेट मैदानमा भएको थियो ।

रजाले रुवाण्डाविरुद्ध २.४ ओभरको स्पेलमा ३ रन दिएर तीन विकेट लिए । जिम्बाब्वेका अफ स्पिनरले मोहम्मद नादिर, जप्पी बिमेनिमाना र एमिली रुकिरिजालाई आउट गर्दै ह्याट्रिक पूरा गरे । रजाको स्पेलको मद्दतमा जिम्बाब्वेले २१५ रनको लक्ष्य रक्षा गर्दै रुवाण्डालाई १८.४ ओभरमा ७१ रनमा अलआउट गर्यो ।

रजाले रुवान्डाविरुद्ध आफ्नो शानदार खेल देखाए । उनले एक दिन अघि आईपीएल फ्रेन्चाइज पञ्जाब किंग्सबाट ठूलो खबर पाएका थिए । पञ्जाब किंग्सले आइपिएल २०२४ मा सिकन्दर रजालाई रिटेन गरेको छ । पञ्जाब किंग्सले सिकन्दर राजालाई ५० लाखमा लिएको थियो र अहिले उनलाई टोलीमा राखेको छ ।