२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल द्रविडमाथि बीसीसीआईको विश्वास, भारतको मुख्य प्रशिक्षकमा निरन्तरता



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा राहुल द्रविडको निरन्तरता हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले उनको कार्यकाल थप गरेको छ । बोर्डले बुधबार यो घोषणा गरेको हो ।

द्रविडको दुई वर्षको कार्यकाल विश्वकपको फाइनलसँगै समाप्त भएको थियो । यसपछि बोर्ड र द्रविडबीच छलफल भयो र द्रविड कम्तिमा टी–२० विश्वकपसम्म टोलीसँग आबद्ध रहने निर्णय भएको थियो । टी–२० विश्वकप जुनमा वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्दैछ ।

भारतले १० डिसेम्बर २०२३ देखि ७ जनवरी २०२४ सम्म तीन टी–२०, तीन एकदिवसीय र दुई टेस्ट म्याचका लागि दक्षिण अफ्रिकाको भ्रमण गर्नेछ । बोर्डले द्रविड यस कार्यकालमा टोलीसँग रहने जनाएको छ ।

यसअघि यो विश्वास गरिएको थियो कि द्रविड आफ्नो कार्यकाललाई निरन्तरता दिन चाहँदैनन् र भिभिएस लक्ष्मणलाई दक्षिण अफ्रिका भ्रमणको लागि प्रशिक्षकको रूपमा पठाउन सकिन्छ ।

बीसीसीआईका एक अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने – ‘बीसीसीआई सचिव जय शाहले गत हप्ता द्रविडसँग कुरा गरेका थिए । यो कुराकानीपछि द्रविडले प्रशिक्षकको रुपमा आफ्नो कार्यकाल लम्ब्याउन राजी भए ।’

राहुल नोभेम्बर २०२१ मा टीम इन्डियाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । द्रविडका नजिकका मानिसहरूले उनी आफ्नो सम्झौता लम्ब्याउन इच्छुक नभएको बताउँदै आएका थिए । उनले यसबारे बीसीसीआई अधिकारीहरूलाई जानकारी समेत गराएका थिए ।

द्रविडको दुई वर्षको कार्यकालमा टीम इन्डिया एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो । फाइनलमा अस्ट्रेलियासँगको हार बाहेक, भारतले विश्वकपमा आफ्ना सबै खेल जितेको थियो । योसँगै विश्वकप अघि भारतले एसिया कप जितेको थियो । गत वर्ष अष्ट्रेलियामा भएको टी–२० विश्वकपमा भारतले सेमिफाइनल खेलेको थियो ।

यस बाहेक भारतले अष्ट्रेलिया, श्रीलंका र न्युजिल्याण्डविरुद्धको घरेलु टेष्ट सिरिज र बंगलादेशमा सिरिज जितेको थियो । साथै, भारतले वेस्ट इन्डिज, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड र श्रीलंका विरुद्धको घरेलु टी–२० सिरिज जित्न सफल भएको थियो । तर, दक्षिण अफ्रिका भ्रमणमा टेष्ट र एकदिवसीय सिरिजमा पराजय बेहोरेको थियो । यसबाहेक इंग्ल्याण्डमा भएको पाँचौं टेस्टमा पनि भारत पराजित भएको थियो ।