२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका दम्पती पाण्डे र गुरुङलाई अमेरिकाको बधाई



अ+ अ-

काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका दम्पती सुरेन्द्र पाण्डे र माया गुरुङलाई नेपाल स्थित अमेरिकी दूतावासका मिशन उपप्रमुख जेसन मिक्सले बधाई दिनु भएको छ ।

दूतावासका अनुसार उहाँहरुको विवाह कानुनी रुपमा दर्ता भएकोमा मिशन उपप्रमुख मिक्सले बधाई दिनुभएको हो । दूतावासका अनुसार पाण्डे र गुरुङले स्वास्थ्य, वित्तीय, र अन्य महत्त्वपूर्ण जीवनका कोशेढुङ्गाहरूमा दम्पत्तिको रुपमा कानुनी मान्यता प्राप्त गर्नु कति महत्त्वपूर्ण हुन्छ भन्ने बारे पनि कुरा गर्नुभएको पनि जनाएको छ ।

गएको १४ गते नेपालमा पहिलोपटक लमजुङमा समलिंगी जोडीको विवाह दर्ता भएको थियो  । दोर्दी गाउँपालिका– २ वडा कार्यालयले बुधबार रामबहादुर गुरुङ (माया) र सुरेन्द्र पाण्डेबीचको विवाह दर्ता गरेर प्रमाणपत्र उपलब्ध गराएको थियो  ।

 




भर्खरै