२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुतुराज गायकवाडले टी–२० क्रिकेटमा इतिहास रचे



अ+ अ-

एजेन्सी । भारतीय टोलीका ओपनर रुतुराज गायकवाडले शुक्रबार अष्ट्रेलियाविरुद्ध रायपुरमा भएको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा ठूलो उपलब्धि हासिल गरेका छन् । गायकवाडले चौथो टी–२० मा ३ चौका र एक छक्काको मद्दतमा २८ बलमा ३२ रन बनाए ।

योसँगै रुतुराज गायकवाड टी–२० क्रिकेटमा सबैभन्दा छिटो ४ हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् । गायकवाड भन्दा पहिले यो कीर्तिमान केएल राहुलको नाममा थियो ।

गायकवाडले ११६ इनिङ्समा ४ हजार रन पुरा गरेका थिए भने राहुलले ११७ इनिङ्समा यो आँकडा पूरा गरेका थिए ।

वेस्ट इन्डिजका दिग्गज ब्याट्सम्यान क्रिस गेलले टी–२० क्रिकेटमा सबैभन्दा कम इनिङ्समा ४००० रन पूरा गर्ने कीर्तिमान बनाएका छन् । युनिभर्स बोस भनेर चिनिने गेलले मात्र १०७ इनिङ्समा ४ हजार रनको आँकडा पार गरेका थिए । गेलपछि अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान शन मार्स (११३), पाकिस्तानका पूर्व कप्तान बाबर आजम (११५) र न्यूजिल्याण्डका ओपनर डेभन कोनवे (११६) को नाम आउँछ ।