२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी घाइते हुँदा स्ट्रेचर नभएपछि बोकेर लगियो (भिडियोसहित)



अ+ अ-

एजेन्सी । पाकिस्तान क्रिकेट सधैं कुनै न कुनै कारणले चर्चामा रहने गर्छ । कहिले मैदानमा बत्ती नहुँदा त कहिले खेलाडीले उपचार नपाएका कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को चर्को अपमान हुन्छ ।

हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा पाकिस्तानका स्टार अलराउन्डर शादाब खान नेशनल टी–२० कपको खेलमा घाइते भएका थिए, त्यसपछि उनलाई मैदानबाट बाहिर लैजान स्ट्रेचर उपलब्ध थिएन ।

शादाबलाई साथी खेलाडीले पिठ्युँमा उठाएर मैदानबाट बाहिर निकालेका थिए । यस्तो अवस्थामा पीसीबी प्रणालीको फेरि एकपटक मजाक भएको छ ।

आइतवार कराँचीमा सिलाकोट र रावलपिंडीबीच राष्ट्रिय टी–२० कपको खेल खेलिएको थियो, जसमा रावलपिंडीका कप्तान शादाब खान फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए । शादाब खानलाई हिँड्न गाह्रो भइरहेको थियो ।

यस्तो अवस्थामा मैदानमा स्ट्रेचर बोलाइयो तर स्टेडियममा स्ट्रेचर उपलब्ध थिएन । यसपछि साथी खेलाडीले शादाबलाई पिठ्युँमा बोकेर मैदान बाहिर लगे । यसको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ, जसमा पीसीबीको खिल्ली उडाइएको छ ।