२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाराले मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता आयोजना गर्ने



अ+ अ-

काठमाडौँ । नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था (एनआरसिटी) र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको आयोजनामा आगामी मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक नाराले आगामी मार्च ८ देखि १३ सम्म विश्वकै सबैभन्दा लामो दुई सय ४८ किलोमिटर ‘राफ्ट दौड प्रतियोगिता, द ग्रेट कर्णाली क्वेस्ट–२०२४’ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।

द ग्रेट कर्णाली क्वेस्टका अध्यक्ष मेघ आलेले दैलेखको आठबिसकोट नगरपालिकाको राकम कर्णालीबाट कैलालीको दौलतपुर घाटसम्म दुई सय ४८ किलोमिटर राफ्ट दौड गर्न लागिएको जानकारी दिनुभयो । उहाँले द ग्रेट कर्णाली क्वेस्ट दौडले कर्णालीको पहिचान, आर्थिक र पर्यटन विकासलाई समेत जोड्ने उल्लेख गर्नुभयो । नाराका अध्यक्ष शिव अधिकारीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडले सहयोगमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा १६ टोली दर्ताका लागि फेब्रुअरी ५ देखि २४ सम्म खुला गरिएको छ । प्रतियोगितामा हालसम्म छ वटा अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको आयोजकले जनाएको छ । यसअघि नोभेम्बर २३ देखि २८ का लागि तय गरिएको ‘द ग्रेट कर्णाली क्वेस्ट’ जाजरकोट भूकम्पका कारण स्थगन भएको थियो । रासस