२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैंबु ब्याडमिन्टनका खेलहरु मंगलबार पनि जारी



अ+ अ-

ललितपुर: सैंबु ब्याडमिन्टन सर्कलको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं. १८ को सहयोगमा ललितपुर महानगरपालिका वडा नं. १८ को मगरगाउँमा जारी दोस्रो सैंबु खुला ब्याडमिन्टन प्रतियोगिता अन्तरगतका खेलहरू जारी छन् ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भइरहेको यस प्रतियोगिता अन्तर्गत मंगलबार चार खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा सुरज बास्कोटा र अशोक खातीको जोडी विजयी भएको छ । उनीहरुले राजाराम थापा र रामबहादुर कार्कीलाई २१–१६ र २१–८ को सोझो सेटले पराजित गरेका थिए ।

यस्तै दोस्रो खेलमा अनिल थापा र प्रकाश बहादुर जोशीले कवि तुलाधर र विनेश महर्जनलाई २१–१६ र २१–१९ ले पराजित गरे । यसैगरी, उत्तम सत्याल र भीम थापाको जोडीले राजेश थापा मगर र पुरुषोत्तम थापाको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा २१–१४, २१–१६ र १६–२१ ले पराजित गरेका थिए ।

आजको चौथो खेलमा भने श्याम ठकुरी र ओमकार गुरुङको जोडी विजयी भएर अर्को चरणमा प्रवेश गरे । उनीहरुले कमल तामाङ र भुवन रायमाझीलाई २१–१७ र २१–१३ को स्कोरमा हराएका थिए ।

नकआउट चरणका खेलहरु बुधबार सम्पन्न हुनेछन् भने बिहीबार क्वार्टरफानल खेलहरु हुने आयोजक सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष शंकर थापा मगरले जानकारी दिनुभयो ।

यस प्रतियोगिताको फाइनल खेल यही मंसिर २३ गते हुनेछ ।