२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो सैंबु खुला ब्याडमिन्टन: क्वार्टरफाइनलका खेलहरू सम्पन्न



अ+ अ-

ललितपुर (भैंसेपाटी): सैंबु ब्याडमिन्टन सर्कलको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं. १८ को सहयोगमा मगरगाउँमा सञ्चालित दोस्रो सैंबु खुला ब्याडमिन्टन प्रतियोगिताका क्वार्टरफाइनल खेलहरु आज सम्पन्न भएका छन् ।

जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालित यस प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा शिशिर राई र सुरेश तामाङको जोडीले बिनोद महर्जन र सुसन चौधरीको जोडीलाई २१–१७ र २१–१७ को सोझो सेटमा पराजित गरी सेमिफाइनलको यात्रा तय गरेका छन् ।

दोस्रो क्वार्टरफाइनलमा अजय थापा मगर र कमल बहादुर थापाले महेन्द्र हमाल र प्रमोद श्रेष्ठको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा १६–२१, २१–१७ र २१–१९ को सेटमा पराजित गरेको थियो ।

 

तेस्रो क्वार्टरफाइनलमा उत्तम सत्याल र भीम थापाले सुरज बास्कोटा र अशोक खातीको जोडीलाई २१–८ र २१–१६ को सोझो सेटमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

चौथो क्वार्टरफाइनल प्रतियोगितामा श्याम ठकुरी र ओमकार गुरुङको जोडीले अनिल थापा र प्रकाश बहादुर जोशीको जोडीलाई २१–१३ र २१–९ को सोझो सेटमा पराजित गरेको थियो ।

सैंबु ब्याडमिन्टन सर्कलका अनुसार, बिहीबार बिहान पहिलो सेमिफाइनल खेल शिशिर राई र सुरेश तामाङको जोडी र उत्तम सत्याल र भीम थापाको जोडीबीच हुनेछ । दोस्रो सेमिफाइनल अजय थापा मगर र कमल बहादुर थापा एवं श्याम ठकुरी र ओमकार गुरुङ बीच हुनेछ ।

यो प्रतियोगिता आगामी मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ ।