२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्धको टी–२० सिरिजअघि नै दक्षिण अफ्रिकालाई ठूलो झट्का



अ+ अ-

एजेन्सी । भारतविरुद्धको टी–२० सिरिजअघि नै दक्षिण अफ्रिकालाई ठूलो धक्का लागेको छ । दक्षिण अफ्रिकाका तिब्र गतिका बलर लुंगी एनगिडी खुट्टाको चोटका कारण भारत विरुद्धको तीन खेलको टी–२० सिरिजबाट बाहिरिएका छन् । लुंगी एनगिडीलाई मेडिकल टोलीको निगरानीमा राखिनेछ ।

भारत र दक्षिण अफ्रिकाबीच डिसेम्बर १० तारिखदेखि टी–२० सिरिज हुँदैछ । भारतीय टोली दक्षिण अफ्रिका पुगिसकेको छ । शृंखलाको पहिलो खेल डर्बनमा हुनेछ ।

लुंगी एनगिडी घाइते भएपछि फास्ट बलर बुरोन हेन्ड्रिक्सलाई टोलीमा समावेश गरिएको छ । यसका अलावा ओटनियल बार्टम्यान, नान्द्रे बर्जर, जेराल्ड कोएट्जी र लिजाद विलियम्स पनि टोलीमा छन् ।

यस सिरिजमा दक्षिण अफ्रिकाका उत्कृष्ट फास्ट बलर कागिसो रबाडालाई आराम दिइएको छ । लुंगी एनगिडीको बहिर्गमनका कारण दक्षिण अफ्रिकाको बलिङ कमजोर भएको मानिन्छ ।