२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणिपाल टाइगर्सले पहिलो पटक लिजेन्ड्स क्रिकेट लिगको उपाधि जित्यो



अ+ अ-

एजेन्सी । लिजेन्ड्स क्रिकेट लिगको फाइनल खेलमा मणिपाल टाइगर्सले अर्बनराईजर्स हैदरावादलाई पराजित गरेको छ । हरभजन सिंहको टिमले फाइनलमा सुरेश रैनाको टिमलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको हैदरावादले ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा टाइगर्सले ५ विकेट गुमाएर १९३ रन जोड्दै खेल जित्यो । खेलमा रिकी क्लार्क र गुरकीरत सिंहले उत्कृष्ट ब्याटिङ गरेका थिए । यी दुईबीच शतकीय साझेदारी भयो ।

क्लार्कले ५२ बलमा ८० रन बनाए भने गुरकीरत सिंहले ६४ रनको उत्कृष्ट इनिङ्स खेले । यी दुई ब्याट्सम्यानको बलमा अर्बनराईजर्स हैदरावादको टोलीले १८७ रन बनाएको थियो ।

जवाफमा टाइगर्सका लागि असोला गुणरत्नेले २९ बलमा ५ छक्का प्रहार गर्दै अविजित ५१ रनको इनिङ खेल्दै टोलीलाई जिताउन सफल भए । असालाका अलावा थिसारा परेराले १३ बलमा २५ रनको अविजित इनिङ खेले । रोबिन उथप्पाको ब्याटबाट ४० रन आयो । यसरी मणिपाल टोलीले १९ ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाउँदै उपाधि जितेको हो ।