२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकपको खेल तालिका सार्वजनिक



अ+ अ-

एजेन्सी । आईसीसी अन्डर–१९ विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण अफ्रिकाको पाँच मैदानमा अर्को वर्ष जनवरी–फेब्रुअरीमा हुने यस प्रतियोगितामा कुल ४१ खेल खेलाइनेछ ।

यू–१९ विश्वकप २०२४ को उद्घाटन खेल आयोजक दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच जनवरी १९ मा हुनेछ । फाइनल खेल बेनोनीमा फेब्रुअरी ११ मा हुनेछ ।

यू–१९ विश्वकपमा कुल १६ टोलीको सहभागिता रहेको । यो तीन चरणमा खेलाइनेछ । विश्वकपमा नामिबिया, न्युजिल्यान्ड, नेपाल, स्कटल्याण्ड र अमेरिका बाहेक अन्य टोलीले प्रत्यक्ष प्रवेश पाएका हुन् ।

आईसीसी यू १९ क्रिकेट विश्वकपलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह एः भारत, बंगलादेश, आयरल्याण्ड, अमेरिका
समूह बीः इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, स्कटल्याण्ड
समूह सीः अस्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे, नामिबिया
समूह डीः अफगानिस्तान, पाकिस्तान, न्यूजिल्याण्ड, नेपाल