२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज ‘हेर्दाहेर्दै’मा परेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको मुद्दा बहसपश्चात हेर्दाहेर्दैमा राखिएको हो ।

विभिन्न बाहानामा पछाडि धकेलिदै आएको सन्दीपको मुद्दाको फैसला बहस आजबाट सुरु भएको हो । आज न्यायाधीश ढकालले जाहेरीकर्ताको तर्फबाट चार जना वकिलसँग बहस गरेका थिए । अब यसले निरन्तरता पाउने छ ।

यससँगै, न्यायाधीश ढकालको ईजलासमा नै मुद्दाको फैसला गर्ने निश्चित भएको छ । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार मुद्दाको सुनुवाइ हुनेछ ।

गत फागुन १५ मा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै मुद्दामा जिल्ला अदालतलाई फास्ट ट्रयाक तथा कन्टिनियस हेयरिङका प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो ।