२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल



अ+ अ-

काठमाडौँ । पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

कुसुन्ती युवा क्लवको आयोजनामा पहिलो संस्करणको कुसुन्ती मेयर कप भेट्रान फुटबल आगामी पुस २४ देखि २८ सम्म हुने भएको हो । शुक्रवार क्लवले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । जावलाखेल मैदानमा हुने प्रतियोगितामा ३२ टोलीले प्रतिष्पर्धा गर्नसक्ने आयोजकको भनाइ छ । तथापि, अहिलेसम्म २७ टोलीले नाम दर्ता गराएको आयोजकले जनाएको छ । प्रतियोगितामा उपत्यका बाहिरबाट नवलपुर र वीरगञ्जका टोलीको चुनौति रहनेछ ।

यद्यपि, उनीहरूको सहभागिताका लागि दर्ता शुल्क नलिइएको आयोजकले जानकारी दियो । तीबाहेक टोलीले भने प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ तिरेर नाम दर्ता गरेका छन् । यो प्रतियोगितामा राष्ट्रिय टोलीबाट खेलिसकेका अनन्त थापालगायत कयौं पूर्वराष्ट्रिय खेलाडीले विभिन्न क्लवबाट प्रतिष्पर्धा गर्दैछन् । ४० वर्षभन्दा माथि उमेरसमूहका खेलाडीले मात्र प्रतियोगितामा खेल्न पाउनेछन् । प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले ७५ हजार रुपैयाँका साथ ट्रफी र पदक प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक र फरवार्डलाई जनही पाँच हजार रुपैयाँका साथ बुद्ध एयरको माउण्टेन फ्लाइटको टिकट प्रदान गरिनेछ । सो प्रतियोगिताका दौरान नेपाली फुटबलमा योगदान पुर्‍याएका पाँच जनालाई सम्मान गरिने आयोजकले जनाएको छ । त्यसका लागि आयोजकले एउटा समिति बनाइसकेको पनि उल्लेख गर्‍यो ।