२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् जर्मन लिजेण्ड फुटबलर बेकनबाउर



अ+ अ-

काठमाडौँ । फुटबलका महान् खेलाडीमध्येका एक जर्मन लिजेण्ड फ्रान्ज बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । उनी १९७४ मा पश्चिम जर्मनीको कप्तान भएर विश्वकप जितेका थिए भने १९९० मा प्रशिक्षकको रुपमा फेरि ट्रफी उचालेका थिए ।

डिफेन्डर बेकनबाउरले जर्मन क्लब बायर्न म्युनिखको लागि ५८२ खेल खेलेका थिए । उनले बार्यनबाट पनि खेलाडी र प्रशिक्षकको रुपमा लिगको उपाधि जित्न सफल भएका थिए ।

१९७२ मा युरोपियन च्याम्पियनसिप जितेका उनी दुई पटक बालोन डि’ओर ट्रफी उचाल्न समेत सफल भए ।

उनको परिवारले जनाएका छन्, ‘यो गहिरो दुःखका साथ हामी घोषणा गर्दछौं कि मेरा श्रीमान् र हाम्रा बुबा, फ्रान्ज बेकनबाउरको हिजो, आइतबार, शान्तपूर्वक निधन भएको छ ।’

पश्चिम जर्मनीका लागि १०३ खेल खेलेका उनले सन् १९६६ को विश्वकपमा २० वर्षको उमेरमा चार गोल गरेका थिए र प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए ।

बायर्नबाट चार लिग उपाधि जितेका उनी १९८२ मा ह्याम्बर्गबाट समेत बुन्डेसलिगा जितेका थिए ।