२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ वर्षअघि युवराजले खेलेको ऐतिहासिक इनिङ, जसलाई यी युवा ब्याट्सम्यानले तोडे



अ+ अ-

एजेन्सी । कर्नाटकका प्रखर चतुर्वेदीले सोमबार यु–१९ कुचबिहार ट्रफीको फाइनलमा मुम्बईविरुद्ध ६३६ बलमा अविजित ४०४ रन बनाएर इतिहास रचेका छन् ।

उनले युवराज सिंहको २५ वर्ष पुरानो प्रतियोगितामा उत्कृष्ट स्कोरर बन्ने कीर्तिमान समेत तोडेका छन् । पूर्व भारतीय अलराउन्डर युवराज सिंहले सन् १९९९ मा पञ्जाबबाट खेल्दै बिहारविरुद्ध ३५८ रनको इनिङ खेलेका थिए ।

महेन्द्र सिंह धोनी पनि बिहारको टोलीमा खेलेका थिए । भारतको प्रमुख अन्डर-१९ घरेलु प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत स्कोरको कीर्तिमान भने विजय जोलको नाममा छ, जसले महाराष्ट्रका लागि आसामविरुद्ध ४५१ (नटआउट) रन बनाएका थिए ।

बीसीसीआईले आफ्नो सामाजिक सञ्जाल ह्यान्डल मार्फत जानकारी दिएको छ कि चतुर्वेदीले आफ्नो ऐतिहासिक पारीमा ४६ चौका र तीन छक्का प्रहार गरेका छन् । बीसीसीआईले पोस्ट गरेको छ, ‘कर्नाटकका प्रखर चतुर्वेदी कुचबिहार ट्रफीको फाइनलमा ४०० रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । उनले मुम्बईविरुद्ध अविजित ४०४ रन बनाए । चतुर्वेदीको इनिङ्सको मद्दतले मुम्बईको ३८० रनको जवाफमा कर्नाटकले ८९०/८ रन बनायो । पहिलो इनिङ्समा कर्नाटकले अग्रता लिएपछि खेल बराबरीमा टुंगिएको थियो ।

प्रखर चतुर्वेदीले ४०० रनको आँकडा पार गरेपछि खेल समाप्त भएको घोषणा गरिएको थियो । कर्नाटकका लागि हर्षिल धामानी (१७९) ले पनि उत्कृष्ट योगदान दिए ।

प्रखर चतुर्वेदीले फाइनल खेलमा अविजित ४०४ रन बनाएर वेस्ट इन्डिजका पूर्व महान ब्याट्सम्यान ब्रायन लाराको सम्झना गराए । लाराले सन् २००५ मा इङ्ल्यान्डविरुद्ध अविजित ४०० रन बनाएका थिए । लारा अन्तर्राष्ट्रिय क्रिकेटमा ४०० रन बनाउने एकमात्र ब्याट्सम्यान हुन् । प्रखर चतुर्वेदीले लाराजस्तै अदभुत प्रदर्शन गरेकाले उनीबाट क्रिकेट फ्यानहरुको अपेक्षा बढेको छ ।