२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानिया मिर्जासँग अलग भएको खबरकाबीच शोएब मलिकले दोस्रो विवाह गरे



अ+ अ-

एजेन्सी । पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शोएब मलिकले दोस्रो विवाह गरेका छन् । शोएबले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहको तस्विर शेयर गरेका छन् ।

हालै शोएब र सानिया मिर्जाको सम्बन्धविच्छेद हुन लागेको खबर बाहिर आएको थियो । शोएब मलिकले पाकिस्तानी अभिनेत्री सना जावेदसँग दोस्रो विवाह गरेका हुन् ।

लामो समयदेखि सानिया मिर्जा र शोएब मलिकको सम्बन्धविच्छेद हुनसक्ने अड्कलबाजी चलिरहेको थियो । तर, शोएब–सानियाको सम्बन्धविच्छेदको पुष्टि भने भएको छैन । यही कारण शोएबको दोस्रो विवाहले सबैलाई चकित बनाएको छ ।

शोएब मलिककी दोस्रो श्रीमती सना जावेद मात्र २८ वर्षकी छिन् । सना पाकिस्तानका धेरै टिभी शोमा देखा परेकी छिन् । यसका साथै उनी धेरै म्युजिक भिडियोमा अभिनय पनि गरिसकेकी छिन् । तर, यसअघि शोएब र सनाको सम्बन्धको बारेमा कुनै जानकारी आएको थिएन ।

सानिया मिर्जाले केही दिनअघि आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एक भावुक पोस्ट सेयर गरेकी थिइन्, जसका कारण शोएब मलिक र सानियाको सम्बन्धविच्छेदको अड्कलबाजी बढेको थियो । यससँगै सानियाले शोएब मलिकसँग शेयर गरेको तस्विर पनि अचानक डिलिट गरिन् ।

शोएबको पहिलो विवाह आयशा सिद्दीकीसँग भएको थियो । उनीसँग सम्बन्धविच्छेद गरेपछि शोएबले २०१० मा पूर्व भारतीय टेनिस खेलाडी सानियासँग विवाह गरे ।

सानिया र शोएबको सम्बन्धविच्छेदको बारेमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन ।