२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेड्डीको विष्फोटक शतकमा न्युजिल्याण्डले नेपाललाई ३०३ रनको विशाल लक्ष्य दियो



अ+ अ-

काठमाडौँ । आइसिसी यु–१९ एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत न्युजिल्याण्डले नेपाललाई ३०३ रनको विजयी लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलोपार्क क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०२ रन जोड्यो ।

उसका लागि स्नेहिथ रेड्डीले विष्फोटक शतकीय पारी खेले । उनी १४७ रनमा अविजित रहे । १२५ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे ।

यस्तै, ओस्कार ज्याक्सनले ७५ रन जोड्दा टम जोन्सले ३३ रनको योगदान दिए । नेपालका लागि सुवास भण्डारीले ३, गुलशन झाले २ तथा दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १-१ विकेट लिए ।

यु–१९ विश्वकपमा यसअघि नेपालले दुई पटक न्युजिल्यान्डको सामना गरेको छ । दुवै खेलमा नेपालले जित हासिल गरेको थियो ।

सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई एक विकेटले पराजित गरेको थियो भने सन् २०१६ मा भएको खेलमा नेपालले ३२ रनले हराएको थियो ।

नेपाली टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपीन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा र आकाश चन्द रहेका छन् ।