२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियालाई हराउँदै दक्षिण कोरिया एसिया कपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । दक्षिण कोरिया कतारमा जारी एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति सम्पन्न खेलमा कोरियाले अष्ट्रेलियाविरुद्ध २–१ गोलको रोमाञ्चक जित निकाल्यो । निर्धारित समयसम्म बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको ४२ औं मिनेटमा क्राएग गुडवीनले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ९०+६ औं मिनेटमा कोरियाले पेनाल्टी पायो । जसलाई ह्वाङ हि चानले खेर जान दिएनन् । उनको पेनाल्टी गोलसँगै कोरियाले १–१ बराबरीमा खेल ल्यायो ।

त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो । १०४ औं मिनेटमा सन हेउंग मिनले गोल गर्दै कोरियालाई सेमिफाइनलमा पुर्याए । १०५+४ औं मिनेटमा अष्ट्रेलियाका एडियन ओ निलले रातो कार्ड खान पुगे ।

अब सेमिफाइनलमा अष्ट्रेलियाको भेट जोर्डनसँग हुने भएको छ । जोर्डनले हिजो नै ताजिकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । जोर्डन र कोरियाबीचको खेल मंगलबार पौने नौ बजे सुरु हुनेछ ।