२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सुशासनको पक्षमा गरेको कामलाई राजनीतिक रङ नदिउँ: सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले गरेको कामलाई राजनीतिक रङ दिनु नहुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सरकारले सुशासन, समृद्धि र समाजिक न्यायको पक्षमा पहलकदमी बढाएको बताउनुभएको हो ।

उहाँले सरकारको यस पहलकदमीका लागि संसदको खबरदारी र सहयोग आवश्यक रहेको पनि बताउनु भयो । उहाँले सरकारको कदममा कुनै राजनीतिक रङ नभर्न आग्रह समेत गर्नुभयो । सांसद शर्माले प्रधानमन्त्रीले नयाँ ढंगले काम गर्न चाहेको उल्लेख गर्दै यसको निम्ति राज्यसंयन्त्र र संरचनाहरुको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताउनु भयो । उहाँले कानूनअनुसार कारबाही भइरहेको विषयलाई राजनीतिकरण गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा जुन पहल अगाडी बढाइरहेको छ । त्यो पहललाई तिब्र बनाउनका लागि यस संसदको खबरदारी, यस संसदको सहयोग र साथ आवश्यक भएको मैले ठानेको छु । यसलाई हामीले कुनै राजनीतिक रङ दिएर होइन । सुशासनको, भ्रष्टाचारको राजनीतिक रङ नभएर सुशासन स्थापना गर्नका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट मद्दत पुर्‍याउन जरुरी छ भन्ने मलाई लाग्दछ ।’

‘प्रधानमन्त्रीले आत्मसमिक्षासहित नयाँ ढंगले काम गर्ने घोषणा गर्नुभएको छ, ति घोषित नीतिहरु कार्यान्वयनका लागि समग्र राज्यसंयन्त्रको, संरचनाको, नेतृत्वको, हामी सबैको कार्यशैलीमा परिवर्तनको आवश्यकता छ । इमान्दारिताको आवश्यकता छ । र मात्रै हामी सुशासन कायम गर्नसक्छौँ र नयाँ ढंगले काम अगाडी बढ्न सक्छ । घोषणा अनुसारको कामहरु अगाडी बढ्नेछन् भन्ने विश्वास व्यक्त गर्न चाहान्छु । हरेक क्षेत्रमा कानुनलाई स्थापित गर्ने, कानूनको पालना गर्ने, गलत प्रवृत्तिलाई कारबाही भइरहेको सन्दर्भमा राजनीतिकरण नगर्ने हाम्रो प्रवृत्तिमा सुधार ल्याउनुपर्ने आवश्यकता छ ।’

उहाँले चालु अधिवेशनमा धेरैभन्दा धेरै कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।