२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

केकेआरलाई जिताउने हर्षितमाथि दुई आरोप, म्याच रेफ्रीले लगाए भारी जरीवाना



अ+ अ-

एजेन्सी । सनराइजर्स हैदरावादविरुद्ध कोलकाता नाइट राइडर्सको अन्तिम ओभरका नायक हर्षित राणालाई आईपीएलको आचार संहिता उल्लंघन गरेको आरोप लागेपछि उनलाई म्याच शुल्कको ६० प्रतिशत जरीवाना गरिएको छ ।

मयंक अग्रवाल र हेनरिक क्लासेनको विकेट लिएपछि राणाले आक्रोशित हुँदै डगआउटको बाटो देखाएका थिए ।

युवा फास्ट बलरले शनिबार आईपीएल २०२४ को तेस्रो खेलमा केकेआरका लागि नायकको भूमिका खेले र एसआरएच विरुद्धको रोमाञ्चक खेलमा टोलीलाई ४ रनले जित दिलाए । तर, हर्षित राणाको व्यवहारको तुलनामा उनको प्रदर्शन फिक्का भयो ।

हर्षित राणाले मयंक अग्रवाललाई आउट गरेपछि फ्लाइङ किस दिए, जसको कमेन्ट्रीका क्रममा महान ब्याट्सम्यान सुनिल गावस्करले पनि आलोचना गरेका थिए । त्यसपछि उनले क्लासेनको विकेट लिएपछि निकै उत्साहजनक ढंगले सेलिब्रेट गरे ।

आईपीएलले एक विज्ञप्ति जारी गर्दै हर्षित राणाले आईपीएल आचार संहिताको धारा २.५ अन्तर्गत दुई लेभल १ उल्लङ्घन गरेको र यसका लागि उनलाई म्याच फीको क्रमशः १० र ५० प्रतिशत जरीवाना गरेको जनाएको छ । विज्ञप्तिमा फास्ट बलरले म्याच रेफ्रीले लगाएको आरोपलाई स्वीकार गरेको पनि उल्लेख गरिएको छ ।