२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुलशन र करणको कसिलो बलिङमा गुजरात ९८ रनमा अलआउट



अ+ अ-

काठमाडौँ । गुलशन झा र करण केसीको सानदार बलिङमा भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज फ्रेन्डसिप कप अन्तर्गत पहिलो खेलमा नेपाललाई ९९ रनको लक्ष्य दिएको छ ।

साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ थालेको गुजरात १८.२ ओभरमा ९८ रन जोड्दै अलआउट भयो ।

गुजरातका रुद्र मयुर पटेलले २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रन बनाए । हेमांग पटेल २०, आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र ऋषि पटेल १ रनमा आउट भए । सराल प्रजापति १७ रनमा आउट भए ।

नेपालका गुलशन झाले ४ विकेट लिए । करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिए ।