२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्लीन स्पीप’ हुनबाट जोगियो नेपाल, आयरल्यान्डलाई ३ रनले हरायो



अ+ अ-

काठमाडौँ । तेस्रो तथा अन्तिम टि–ट्वान्टी खेलमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ लाई पराजित गरेको छ ।  कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल ३ रनले विजयी भएको हो ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २१० रनमात्रै बनाउन सक्यो । यसअघिको दुई खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा जित निकाल्दै क्लीन स्वीप हुनबाट जोगिएको छ ।

आयरल्यान्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक ६८ रन जोडे । यस्तै, मोर्गान टोपिङले ६०, रोस अडैरले ३१, फियोन ह्यान्डले २२ रन जोडे । बलिङतर्फ नेपालका बिपिन खत्रीले ३ तथा कमल ऐरी, नारायण जोशी र बसिर अहमदले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १३ रनको योगफल बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रनको योगदान दिए । उनले ४८ बल खेल्दै सात चौका र छ छक्काको सहयोगमा अविजित ९३ रनको योगदान गरेका हुन् ।

त्यसैगरी रासिद खानले २४ रन बनाउँदा पवन शर्राफले १३ रन जोडे । बसिर अहमदले १९ रन बनाए भने कप्तान विनोद भण्डारी ११ रनमा आउट भए । त्यस्तै लोकेश बमले आठ रन जोड्दा देव खनालले ६ रनमा आउट भए ।

बलिङतर्फ आयरल्यान्ड ए का फिन ह्यान्डले दुई विकेट लिए भने लियाम म्याकार्थी ग्यारेथ डेलानी म्याथु फोस्टर र गेभिन होइले समान एक/एक विकेट लिए ।