२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयरल्यान्ड ए ले नेपाललाई दियो १५८ रनको लक्ष्य, कमलसिंह ऐरीको ह्याट्रिक



अ+ अ-

काठमाडौं । कमलसिंह ऐरीको ह्याट्रिकसँगै आयरल्यान्ड ए ले पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल ए लाई १५८ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस‍ जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अलआउट भयो ।

आयरल्यान्ड ए का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । यस्तै, निल रकले ३९ रन जोडे । ओपनर जेम्श म्याकुलम र स्टेफन डोहेनीले १२–१२ रन जोड्दा पिटर मुरले २१ रनको योगदान दिए ।

नेपालका कमलसिंह ऐरीले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए । कमलले ३९ औं ओभरको पहिलो बलमा लियाम म्याकार्थीलाई, दोस्रो बलमा म्याथ्यु हम्फ्रेज र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गर्दै ह्याट्रिक लिन सफल भए ।

यस्तै, मौसम ढकाल र साहब आलमले दुई–दुई तथा रिजन ढकालले एक सफलता हात पारे ।