२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित



अ+ अ-

काठमाडौँ । पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको हो । १५७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमै अलआउट हुन पुग्यो ।

नेपालका लागि शाहव आलमले ३७, देव खनालले २६, बसिर अहमदले २० रन जोड्दा रिजन ढकाल १२ रनमा नटआउट रहे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अन्तिममा क्रिजमा रहेका मौसम ढकाल र रिजनबीच रन लिने क्रममा तालमेल नमिल्दा नेपालले हार बेहोर्न पुग्यो ।  मौसम रनआउट हुन पुग्दा नेपालले खेल गुमायो । बलिङतर्फ आयरल्यान्डका म्याथ्यु हम्फ्रेसले ५ तथा लियाम म्याककार्थीले ४ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ३८ दशमलव तीन ओभरमा अलआउट हुँदा एक सय ५७ रन जोडेको थियो ।

आयरल्यान्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले । उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए । कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३९ रन बनाए ।

त्यसबाहेक पिटर मुरले २१ रन बनाउँदा ओपनरद्वर जेम्स मकलम र स्टेफल डोहनीले समान १२–१२ रनको योगदान दिए ।  नेपाल ‘ए’का लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए भने साहब आलम र मौसम ढकालले दुई/दुई विकेट लिए । साथै रिजन ढकालले एक विकेट लिए ।