२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा सुहाङ नेम्वाङलाई जिताउन एमाले–माओवादीको संयुक्त अपिल



अ+ अ-

काठमाडौँ । आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङलाई विजयी गराउन एमाले र नेकपा (माओवादी केन्द्र)ले प्रतिबद्धता जनाएका छन् ।

एमाले–माओवादीले लिखित रुपमै प्रतिबद्धता जनाएका हुन् । एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र माओवादी जिल्ला संयोजक विजय खम्बूले सुहाङलाई ‘अत्यधिक बहुमतका साथ जिताउन’ जिल्लाका सबै नेता–कार्यकर्तालाई लिखित अपिल गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच इलाम क्षेत्र २ को उपनिर्वाचनमा एमाले उम्मेदवारलाई दुवै दलले जिताउने सहमति भएको थियो ।

यसअघि माओवादी जिल्ला कमिटीले केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणलाई उम्मेदवारका लागि सिफारिस गरेको थियो । तर, उनले उम्मेदवारी नदिने र एमाले उम्मेदवारलाई सहयोग गर्ने केन्द्रमा सहमति भएको थियो ।

उपनिर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।