२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीको धनगढीमा यु–१३ फुटबल खेलाडी छनोट सुरु



अ+ अ-

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको आयोजनामा आजदेखि कैलालीको धनगढीमा यु–१३ छात्र/छात्रा खेलाडी छनोट सुरु भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले युवा विकास परियोजनालाई निरन्तरता दिन प्रदेश स्तरीय खेलाडी छनोट थालेको सङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

“सुदूरपश्चिमका नौवटै जिल्लाबाट ८८ खेलाडी छनोट भएर आएका छन्,” उहाँले भन्नुभयो–“ती मध्येबाट छनोटमा पर्ने खेलाडीलाई एन्फा एकेडेमीमा भर्नाका लागि दोस्रो चरणको छनोटमा सहभागी गराइने छ ।” आज र भोली छात्र खेलाडी तथा सोमबार छात्रा खेलाडी छनोट गरिने उहाँले जानकारी दिनुभयो ।

मुलुकभरबाट छनोट भएर आउने खेलाडीलाई समेटेर एन्फाले विभिन्न एकेडेमी सञ्चालन गर्नेछ । अन्तिम छनोटमा परेका खेलाडीको सम्पूर्ण व्यवस्थापनसहित एन्फाले राष्ट्रिय टोलीका लागि बन्द प्रशिक्षण सञ्चालन गर्ने प्रदेश अध्यक्ष श्रेष्ठले बताउनुभयो ।