२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएई छाडेर पाकिस्तान फर्किएका उस्मानलाई प्रतिबन्ध, ५ वर्ष युएईमा क्रिकेट खेल्न नपाउने



अ+ अ-

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई)छाडेर पाकिस्तान फर्किएका ब्याट्सम्यान उस्मान खानलाई इमिरेट्स क्रिकेट बोर्ड (इसीबी)ले ५ वर्षको प्रतिबन्ध लगाएको छ ।

उस्मानले २०२९ सम्म युएईमा हुने कुनै पनि ईसीबी प्रतियोगितामा भाग लिन पाउने छैनन् । यसमा दुई ठूला प्रतियोगिता आइएलटी–२० र अबु धाबी टी–१० पनि सामेल छन् ।

ईसीबीले उस्मानले आफ्नो दायित्व उल्लङ्घन गरेको आरोप लगाएको छ । बोर्डले आफ्नो विज्ञप्तिमा उस्मानलाई बोर्डप्रतिको जिम्मेवारी विपरीत गएको भन्दै यो प्रतिबन्ध लगाइएको जनाएको छ ।

उस्मानको जन्म कराँचीमा भएको थियो, तर उनले युएईका लागि घरेलु खेलाडीको रूपमा आईएलटी– र अबु धाबी टी–१० खेले । जब उनलाई पाकिस्तानी टोलीसँग प्रशिक्षण शिविरमा बोलाइएको थियो, उनले स्वीकार गरेका छन् ।

बोर्डले एक विज्ञप्तिमा उस्मानले युएईबाट खेल्ने आफ्नो निर्णयबारे ईसीबीलाई बहकाएको बताएको छ । उनले युएईको घरेलु खेलाडीका रूपमा आईएलटी–२० र अबु धाबी टी–१० मा भाग लिएका थिए । हालै उनले पाकिस्तान सुपर लिग (पीएसएल)मा पनि विदेशी खेलाडीको रुपमा नाम दर्ता गराए ।

पीएसएलमा मुल्तान सुल्तान्सका लागि सात खेल खेलेका उस्मान दोस्रो सर्वाधिक स्कोरर बने । यस अवधिमा उनले दुई शतक पनि बनाए ।

उनले केही समयअघि क्रिकइन्फोसँगको अन्तर्वार्तामा पाकिस्तानबाट खेल्ने इच्छा व्यक्त गरेका थिए । अब जब उनलाई सम्पूर्ण टोलीसहित प्रशिक्षण शिविरमा बोलाइएको थियो, उनले स्वीकार गरेका छन् ।