२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ‘ए’ले पायो दुई सय ८५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ले जितका लागि दुई सय ८५ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनायो ।

आयरल्यान्ड ‘ए’का स्टीफन डोहनीले शतकीय पारी खेले । उनले एक सय २९ बलमा आठ छौका र दुई छक्काको सहयोगमा एक सय सात रनको योगदान दिए । त्यस्तै पिटर मुरले २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४४ रन बनाए भने म्याथ्यु हम्फ्रेजले २३, मोर्गन टोप्पिङले २१ र फिन ह्यान्डले २० रन जोडे ।

बलिङतर्फ नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान तीन/तीन विकेट लिए भने विकास आग्री र साहब आलमले समान एक/एक विकेट लिए । यसअघि भएको दुवै खेलमा नेपाल ‘ए’ पराजित भएको थियो । नेपाल ‘ए’ आयररल्यान्ड ‘ए’सँग पहिलो खेलमा २१ र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो । आयरल्यान्ड ‘ए’ भने आजको खेल जित्दै शृङ्खला ‘क्लिन स्विप’ गर्न चाहन्छ ।